६ पुस,काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता सम्पन्न भएको छ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्था, समसामयिक विषय र आपसी चासोका मुद्दामा छलफल भएको बताइएको छ।
भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र तोसिमा कार्कीको समेत उपस्थिति रहेको थियो।
भेटलाई अर्थपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ भने छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।






