बार्सिलोनाको सहज जित, यमालको गोलले १० खेलाडीमा सीमित भिल्लारियल पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

७ पुस २०८२, सोमबार

३९औँ मिनेटमा भीएआर जाँचपछि रेनाटो भेइगालाई रातो कार्ड देखाइएपछि घरेलु टोली भिल्लारियल १० खेलाडीमा सीमित हुन पुग्यो । त्यसपछि खेलमा पकड बनाएको बार्सिलोनाले आक्रामक प्रदर्शन गर्दै जिततर्फ कदम बढायो ।

दोस्रो हाफको ६३औँ मिनेटमा युवा स्टार यमालले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए, जुन अन्ततः निर्णायक बन्यो ।

यस जितसँगै बार्सिलोना १८ खेलबाट ४६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । उसले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अग्रता ४ अंकमा कायम राखेको छ । पराजित भिल्लारियल ३५ अंकसहित चौथो स्थानमा सीमित भएको छ ।

Leave a Comment