कांग्रेसको १५औं महाधिवेशन पुस अन्त्यमा, कार्यसमितिको म्याद माघसम्म लम्ब्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर ,काठमाडौं : नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी समयतालिका सर्वसम्मतरूपमा पारित गरेको हो।

महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण–प्रमाणीकरणको काम मंसिर २० सम्मै केन्द्रबाट अन्तिम रूप दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै, कार्यसमितिको पदावधि २३ मंसिरमा सकिन लागेकाले माघसम्मका लागि थप गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

Leave a comment