बाराको सशस्त्रका एसपी हेडक्वार्टर तानिए

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 101
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

१० पुस, बारा: सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक एसपी हेडक्वार्टर तानिएका छन ।

सशस्त्र प्रहरी मुख्यालयले बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहलाई छानबिनकालागि बोलाएको हो ।

जिल्लामा राजस्व संकलनमा कमी आएको पाईएपछी छानविनकालागी मुख्यालय बोलाईएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी गराए ।

बारामा सिमानाकामा तस्करी बढेको उजुरी समेत सशस्त्र प्रहरी मुख्यालयमा परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

मुख्यालयले बारा सहित तराईको  चार जिल्लाका एसपीलाई गएको सोमबार हेडक्वार्टर तानेको हो ।

मुख्यालयले बारा सहित धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का र बाँकेका एसपी बिमल डाँगीलाई छानविनकालागी तानेको हो ।

गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् ।

यसअघि बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका डीएसपी विदुर भट्टराईलाई पनि हेडक्वार्टर तानिएको थियो ।

डीएसपी भट्टराईले व्यापक तस्करी गराएको उजुरी परेपछि हेडक्वार्टरले तानेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.