सर्लाही, माघ ६, २०८२
नेपाली कांग्रेस सर्लाहीका सभापति डा. सरोज कुमार यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै डा. यादवले राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जवाफदेही बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए।
उनले भने, “जवाफदेही र मूल्यमा आधारित राजनीतिले मात्रै नागरिकको विश्वास जित्न सक्छ। जनताको अपेक्षा पूरा गर्ने दिशामा म निरन्तर लागिरहनेछु।”
डा. यादवको उम्मेदवारी दर्तासँगै सर्लाही–२ मा निर्वाचनको माहोल थप तातिएको छ।

