ट्रेड युनियनद्वारा बिरामीलाई खाजा वितरण

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, बारा: नेपाल ट्रेड युनियन काग्रेस ७८ स्थापन दिवसको अवसर मा सोमबार प्रादेशिक अस्पताल कलैयामा दुध पाउरोटी वितरण गरिएको छ।
युनियन बाराका अध्यक्ष विश्वमणि शर्माको अध्यक्षतामा नेपाली काग्रेसबाराका सभापति राजेशराय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ६० जना बिरामीलाई दुध पाउरोटी वितरण गरिएको थियो।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सभापति लुकेश सिह,नेपाल शिक्षक सङ्ग बाराका अध्यक्ष राजकिशोर सहनी ,उपाध्यक्ष अलिना चौधरी,बैधनाथ यादव ,बसन्त धिमिरे,तरुण दलका बाराका अध्यक्ष दीपेन्द्र पटेल,भुनेसवर यादव लगायतको उपस्थिति रहेको थियो।

Leave a Comment