पश्चिम बंगालमा भाजपाको सरकार गठन, शुभेन्दु अधिकारी मुख्यमन्त्री बने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक सरकार गठन गरेको छ। शनिबार सम्पन्न शपथ ग्रहण समारोहमा शुभेन्दु अधिकारी ले राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्।
शपथ ग्रहण बंगाली भाषामा सम्पन्न भएको थियो। शपथपछि मुख्यमन्त्री अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई अभिवादन गर्दै सम्मान प्रकट गरेका थिए।
समारोहमा राज्यपाल आर.एन. रविले अन्य पाँच जना विधायकलाई मन्त्रीका रूपमा शपथ गराएका छन्। मन्त्री पद सम्हाल्नेमा दिलीप घोष, अग्निमित्रा पाल, अशोक कीर्तनिया, खुदिराम टुडु र निसिथ प्रमाणिक रहेका छन्।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री अमित शाह तथा एनडीए र विभिन्न भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू समेत उपस्थित थिए।
यससँगै पश्चिम बंगालमा पहिलो पटक भाजपाको नेतृत्वमा सरकार गठन भएको राजनीतिक रूपमा महत्वपूर्ण विकास भएको बताइएको छ।

Leave a Comment