जम्मु–कश्मीर डोडामा सेनाको गाडी दुर्घटना, दर्जन बढी जवान घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ८ माघ २०८२ (बिहीबार) – जम्मु–कश्मीरको डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट खोचमा खस्दा १० सैनिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उधमपुर सैनिक अस्पतालमा ल्याइएको छ।

दुर्घटना भदरवाह–चम्बा सडकमा खन्नी टपनजिकै भएको हो। डोडाका उपायुक्त हरविन्दर सिंहका अनुसार, “सडकमा जमेको हिउँका कारण चालकले गाडीको नियन्त्रण गुमाएका थिए।”

भारतीय सेनाका अधिकारीले जानकारी दिएअनुसार गाडीमा २१ सैनिक सवार थिए र उनीहरू माथिल्लो पोस्टमा जाँदै थिए। मृतक र घाइते सैनिकहरूको राज्य अनुसार विवरण अहिलेसम्म खुलाइएको छैन।

यो सडक जम्मु–कश्मीर र हिमाचल प्रदेश जोड्ने मुख्य मार्ग हो। अग्ला पहाड, गहिरा खोच र साँघुरो सडकले दुर्घटनाको जोखिम बढाएको बताइएको छ।

सेना र स्थानीय प्रशासनले उद्धार र राहत कार्यमा प्राथमिकता दिएका छन् भने दुर्घटनाको अनुसन्धान जारी छ।

Leave a Comment