यता स्थितिमा पत्रकार महासंघको निर्वाचन नगराउन युनियन बाराको आग्रह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 199
पढ्न लाग्ने समय : 1 मिनेट

२६ चैत्र, बारा: नेपाल प्रेस युनियन बाराले यथास्थितिमा नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशन नगराउन आग्रह गरेको छ ।
युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले आज महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै सदस्यताको टुँगो नलागे सम्म जिल्ला अधिवेशन सम्बन्धि कुनैपनी गतिविधि नबढाउन आग्रह गरेका छन । महासंघको सदस्यता टुँगो नलगाई साधारणसभा वा जिल्ला अधिवेशन सम्बन्धि कुनैपनी गतिविधि अगाडि बढाए युनियन कडा आन्दोलन गर्ने युनियनका अध्यक्ष यादवले चेतावनी दिनु भयो । महासंघले चलाएको सदस्यता शुद्धीकरणको बिषय टुंगो नलगाए सम्म महासंघको निर्वाचन कुनै हालतमा गर्ननदिइने युनियनले महासंघलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।