जिल्ला प्रहरी कार्यालय बाराले अनुचित लेनदेन (मिटर व्वाजी)सम्बन्धि ६ सय ७५ उजुरी मिलापत्र गराएको छ।
बैशाख देखी माघ सम्म ३ हजार ३ सय २२ उजुरी परेको थियो।
सो अवधीमा २६ करोड १५ लाख ८२ हजार ७ सय ८२ रुपैया उजुरीमा उल्लेखित रहेकोमा २६ करोड ६६ लाख ६० हजार ४ सय ११ रुपैया मा सहमति भएको छ ।
त्यसैगरी २३ बिगहा ७ कट्ठा ७ धुर जग्गा सो अवधिमा फिर्ता भएको प्रहरी प्रव्क्त प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।