२७ फागुन, बारा : सामाजिक संजाल मार्फत बाराका पत्रकार जयनारायण यादवको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका एकजनामाथी जिल्ला अदालतले थप पाँच दिनको म्याद थप गरेको छ । कलैया उपमहानगरपालिका-१० मटिअर्वाका राजु चौरसिया भन्ने चन्देश्वर चौरसियालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमती दिएको हो । पत्रकार यादवले सामाजिक संजाल फेसबुक मार्फत चरित्र हत्या गरेको भन्दै पत्रकार उमेश दुबे सहित पाँचजनामाथी साइबर अपराध मुद्दा दर्ता गराउनु भएको छ । मुद्दा दर्ता भएपछि प्रहरीले चौरसियालाई