धनुषा–३ मा चुनावी समीकरण फेरियो : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा रास्वपामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ माघ, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल तातेका बेला राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै दल परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका राजीव झा बुधबार एक कार्यक्रमबीच रास्वपामा आबद्ध भएका हुन्। उनलाई सोही क्षेत्रका रास्वपा उम्मेदवार मनिष झाले स्वागत गरेका थिए।

झा राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा–३ का उम्मेदवार थिए। उनीसँगै उक्त पार्टीका केही स्थानीय नेता तथा कार्यकर्तासमेत रास्वपामा प्रवेश गरेको जनाइएको छ।

चुनाव नजिकिँदै गर्दा प्रमुख उम्मेदवारकै पार्टी परिवर्तनले धनुषा–३ को चुनावी समीकरणमा असर पर्ने अनुमान गरिएको छ।

Leave a Comment