‘शान्तिपूर्ण चुनाव हुनेमा विश्वास, जो विजयी भए पनि काम गर्न तयार’
१ फागुन, काठमाडौं । ले नेपालमा हुन लागेको संसदीय निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्दै निर्वाचनपछि गठन हुने जुनसुकै सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। वासिङ्टनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई दक्षिण एसियाको व्यापक रणनीतिक परिप्रेक्ष्यमा पनि हेरेको संकेत दिएको छ।
अमेरिकी तल्लो सदन अन्तर्गत वैदेशिक मामिला दक्षिण तथा मध्य एसिया उपसमितिको सुनुवाइमा दक्षिण एसियाली मामिलाका लागि सहायक विदेशमन्त्री ले नेपाल र बंगलादेशको समसामयिक राजनीतिक अवस्थाबारे अमेरिकी धारणा प्रस्तुत गरेका हुन्।
उनले भने, “नेपालको सन्दर्भमा सुरक्षित र शान्तिपूर्ण चुनावी प्रक्रिया हुनेमा हामी विश्वस्त छौँ, र जो विजयी भए पनि हामी उनीहरूसँग काम गर्न तयार छौँ।” उनले नेपालमा गत वर्ष भएको सत्ता परिवर्तनलाई युवा आन्दोलनले पुराना संरचना हटाएर लोकतान्त्रिक सहभागिताको अवसर सिर्जना गरेको उदाहरणका रूपमा व्याख्या गरे।
चीनको प्रभाव र क्षेत्रीय प्रतिस्पर्धाप्रति चिन्ता
सुनुवाइका क्रममा उपसमिति अध्यक्ष ले चीनको बढ्दो प्रभाव र सीमावर्ती पूर्वाधार विस्तारप्रति चासो व्यक्त गरेका थिए। उनले चीनले नेपालसहित हिमालय क्षेत्रको सीमामा पूर्वाधार विस्तार गर्दै क्षेत्रीय रणनीतिक सन्तुलन बदल्ने प्रयास गरिरहेको संकेत गरे।
यसैबीच, डेमोक्र्याट सांसद ले नेपालको भ्रष्टाचारविरोधी र लोकतान्त्रिक आन्दोलनलाई अवसरका रूपमा लिनुपर्ने बताइन्। उनले भने, “नेपालजस्ता मुलुकमा भइरहेको राजनीतिक संक्रमणले उत्तरदायी शासन प्रवर्द्धनका लागि लोकतन्त्र सहयोगलाई रणनीतिक रूपमा प्रयोग गर्ने दुर्लभ अवसर दिएको छ।”
तर उनले ट्रम्प प्रशासनले नेपाल र श्रीलंकाका लागि नियुक्त करियर राजदूतहरू फिर्ता बोलाएको निर्णयको आलोचना गर्दै त्यसले अमेरिकी कूटनीतिक उपस्थिति कमजोर बनाएको टिप्पणी पनि गरिन्।
दक्षिण एसियामा शक्ति सन्तुलन अमेरिकी प्राथमिकता
सहायक विदेशमन्त्री कपुरले दक्षिण एसियामा कुनै एक शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको प्रमुख रणनीतिक उद्देश्य रहेको दोहोर्याए। उनका अनुसार नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानजस्ता देशहरू भूराजनीतिक रूपमा अत्यन्त संवेदनशील स्थानमा रहेकाले क्षेत्रीय प्रतिस्पर्धामा महत्वपूर्ण छन्।
नेपालमा फागुन २१ गते मतदान हुँदैछ भने बंगलादेशमा भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ। दुवै देशमा चुनावी प्रक्रिया सहज र स्थिर हुने अपेक्षा वासिङ्टनले गरेको कपुरले बताए।

