३ फागुन, मुम्बई । अन्तर्गत समूह चरणको तेस्रो खेलमा ९ विकेटले सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। लगातार तीन हारपछि नेपाल अंकविहीन रहँदै समूह सीबाट बाहिरिएको दोस्रो टोली बन्यो।
मुम्बईस्थित मा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। कप्तान ले ६१ रन र ले अविजित ४६ रन बनाएर टोलीलाई जित दिलाए। यी दुईबीच दोस्रो विकेटका लागि अविजित ९१ रनको साझेदारी रह्यो। नेपालका लागि एक मात्र विकेट नन्दन यादवले लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सुरुआती क्रम धराशायी भए पनि उपकप्तान को ५८ रनको अर्धशतक र को अविजित २६ रनले नेपाललाई प्रतिस्पर्धी स्कोरसम्म पुर्याएको थियो। सातौं विकेटका लागि यी दुईबीच ५४ रनको साझेदारी नेपालको इनिङ्समा सबैभन्दा ठूलो रह्यो।
नेपालले पावरप्लेमा मात्र २२ रन बनाउँदै ३ विकेट गुमाएको थियो, जुन टी–२० विश्वकपमा नेपालको सबैभन्दा कम पावरप्ले स्कोर हो। मध्यक्रम पनि चल्न नसक्दा नेपाल ४६ रनमै ५ विकेटको संकटमा परेको थियो।
बलिङतर्फ वेस्ट इन्डिजका ले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले समान १–१ विकेट लिए।
सोमपालको ऐतिहासिक उपलब्धि
यस खेलसँगै सोमपाल कामी नेपालका लागि तीन वटा टी–२० विश्वकप खेल्ने पहिलो क्रिकेटर बनेका छन्। उनले सन् २०१४ मा बंगलादेशमा भएको पहिलो विश्वकपदेखि लगातार तीन संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन्। टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल खेल्ने कीर्तिमान पनि उनको नाममा छ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र बाँकी रहनेछ।

