५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मुख्य मन्त्री यादवले नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर नेकपा एमालेलाई सरकारमा सहभागी गराएका छन् ।
सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।
एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि ३ जना सहभागी हुन जानकारी गराए ।