काठमाडौँ, फागुन १६, २०८२ (शनिबार)
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन फागुन २१ गते अत्यावश्यक सेवामा प्रयोग हुने केही सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गर्न ले सरकारसँग अनुरोध गरेको छ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ का दफा ५ (त), दफा ९ र दफा ११ का आधारमा मतदानको दिन सवारी सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन यस्तो व्यवस्था गर्न भनिएको जनाएको हो।
आयोगका अनुसार निर्वाचनको दिन निम्न सवारीसाधनलाई पास आवश्यक पर्ने छैनः
दमकल, एम्बुलेन्स र शववाहन
खानेपानीका ट्याङ्कर
दूध, फलफूल, तरकारी, माछामासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन
दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका सवारीसाधन
अस्पताल सेवा तथा स्वास्थ्यकर्मी ओसारपसारका सवारीसाधन
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी (विमानस्थल–घर/होटल आवतजावत)
त्यसैगरी विशेष अवस्थाका व्यक्तिलाई बोकेका सवारीसाधन पनि पासबिनै सञ्चालन गर्न पाइने आयोगले जनाएको छ। यसमा हिँडडुल गर्न नसक्ने गर्भवती वा सुत्केरी महिला, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा उनीहरूका एक जना सहयोगी समावेश छन्।
यसका साथै कूटनीतिक नियोगका सीडी नम्बर प्लेट भएका सवारी, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षक, का अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने जनाइएको छ।
आयोगले निर्वाचन अवधिमा सवारी आवागमन व्यवस्थापनलाई सहज बनाउन आयोग, र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारी आवागमन ‘डेस्क’ आयोग परिसरमै स्थापना गरिने जनाएको छ। सो डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पास वितरणसमेत गरिने आयोगले जनाएको छ।

