सर्लाही–४ को बलरामा विवाद मिल्यो, मतदान पुनः सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा भएको विवाद मिलेसँगै रोकिएको मतदान पुनः सुरु भएको छ।

बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएपछि केहीबेर मतदान अवरुद्ध भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह पनि केहीबेरअघि मतदान केन्द्रमा पुगेका थिए। उनी पुगेपछि विवाद भएको भन्दै विपक्षी पक्षले आरोप लगाएका छन्।

विवाद भएपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगेका थिए। उनीहरूको पहलमा छलफल गरी विवाद मिलाइएपछि मतदान पुनः सञ्चालनमा आएको हो।

यसअघि बलरा–१ मा पनि केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो।

Leave a Comment