२३ फागुन, काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायम गरेका छन्।
ताजा मतपरिणामअनुसार उनले ३४ हजार ८६३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन्।
यससँगै बालेन ओलीभन्दा २५ हजार ७९५ मतले अगाडि रहेका छन्।
त्यसैगरी तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ रहेका छन्। उनले हालसम्म ५ हजार ६४५ मत प्राप्त गरेका छन्।
झापा–५ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

