२४ फागुन, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पटेलले २७ हजार ३१८ मत प्राप्त गर्दै चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन्। पटेलले चौधरीलाई १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ९ हजार ८९० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्। नेकपा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरेका छन्।
रौतहट–३ लाई लामो समयदेखि प्रभु साहको प्रभाव क्षेत्रका रूपमा हेरिँदै आएको थियो। तर यसपटक मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका उम्मेदवार पटेललाई विजयी बनाएका छन्।
यससँगै रौतहटका चारवटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। जिल्लाका चारमध्ये तीन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने एउटा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।






