निर्वाचनका लागि मतपत्र छपाइ आजै सकिने, ढुवानी प्रक्रिया तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ फागुन २०८२, भक्तपुर । प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। छपाइ जिम्मा पाएको ले आजै बाँकी मतपत्र उत्पादन सम्पन्न हुने जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये अब करिब पाँच लाख मात्र छाप्न बाँकी छन्, ती सबै बागमती प्रदेशका हुन्। “४२ दिनको कार्यतालिका बनाएर सुरु गरेको छपाइ ४० दिनमै सम्पन्न हुँदैछ,” उनले बताए।

छपाइ सकिएलगत्तै मतपत्र प्याकिङ र जिल्लातर्फ ढुवानीलाई तीव्रता दिइने केन्द्रले जनाएको छ। हालसम्म दैनिक १३–१५ लाख मतपत्र उत्पादन गर्दै लक्ष्यभन्दा अगाडि काम गरिएको छ।

समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ पूरा भइसकेको छ भने नमूना मतपत्रमध्ये १० लाख प्रति मार्फत विभिन्न जिल्लामा पठाइसकिएको छ।

केन्द्रका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेका छन्। बाँकी प्रदेशमा पनि १२ फागुनसम्म वितरण सम्पन्न गर्ने लक्ष्यसहित ढुवानी कार्य जारी रहेको बताइएको छ।

Leave a Comment