काठमाडौं, २५ फागुन २०८२। (बालेन)ले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। का वरिष्ठ नेता समेत रहेका बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
बालेनले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनका निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा उक्त विवरण निर्वाचन कार्यालयमा पेश गरिएको हो।
विवरण अनुसार १५ दिनका लागि दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ, जसमा इन्धन खर्चसमेत समावेश गरिएको छ। त्यस्तै पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ।
मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ, वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ तथा स्टेसनरी सामग्रीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको देखाइएको छ।
यसैगरी झण्डा र ब्याचसहितका प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ तथा मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
निर्वाचन कानुनअनुसार निर्धारित समयभित्रै बालेनले आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका हुन्।

