रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल, कांग्रेस र एमालेको स्थिति के छ?

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २९ फागुन २०८२। प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत गणना पूरा भएसँगै राजनीतिक दलहरूको सिट संख्या निश्चित भएको छ। निर्वाचन आयोगले बिहीबार समानुपातिक सिट बाँडफाँट गरेपछि आगामी प्रतिनिधिसभामा दलहरूको आकार टुंगो लागेको छ।

सर्वाधिक सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कब्जा गरेको छ। प्रत्यक्ष १२५ र समानुपातिक ५७ गप्रतिनिधिसभारी कुल १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ। तर, दुई सिटको कमीले दुईतिहाइ बहुमत १८४ सिट पुर्‍याउन रास्वपाले सकेको छैन।

दोस्रो ठूलो दल नेपाली कांग्रेस हो। कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट प्राप्त गरेको छ। नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट पाएको छ।

अन्य दलको सिट स्थिति यसप्रकार छ:

नेपाली कम्युनिस्ट पार्टी: प्रत्यक्ष ८ + समानुपातिक ९ = १७ सिट

श्रम संस्कृति पार्टी: प्रत्यक्ष ३ + समानुपातिक ४ = ७ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी: प्रत्यक्ष १ + समानुपातिक ४ = ५ सिट

यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन पनि प्रतिनिधिसभामा प्रवेश गर्नेछन्।

निर्वाचन आयोगले तोकिएको सिट अनुसार तीन दिनभित्र समानुपातिक सांसदका नाम दलहरूलाई पेश गर्न पत्र पठाइसकेको छ।

Leave a Comment