कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० फागुन २०८२, काठमाडौं —नेपाली काग्रेसले प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि पहिलोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव का अनुसार बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ।

यस बैठकमा समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट प्रतिनिधिसभा सदस्य चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाइने सदस्यहरूको नाम टुंग्याउन कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

यससँगै पार्टीले चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको जनाएको छ।

बैठकमा पछिल्लो निर्वाचन परिणाम, आगामी संसदीय रणनीति र पार्टीको आन्तरिक संगठनबारे समेत छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

Leave a Comment