रास्वपाको सचिवालय बैठक आज, समानुपातिक सांसद सिफारिस मुख्य एजेन्डा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार १ चैत २०८२, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ। यसअघि शनिबारका लागि तय गरिएको बैठक स्थगित गरी आजका लागि सारिएको हो।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठक आज बिहान १० बजेका लागि तय गरिएको हो। बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।

बैठकमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सांसद सिफारिस गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ। साथै पार्टीका समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

Leave a Comment