अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण, भोलि सांसदहरुलाई शपथ गराउने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् ।

बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि केसीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिकतर्फबाट निर्वाचित भएका थिए । ७८ वर्षीय केसी अब प्रतिनिधिसभाको प्रारम्भिक प्रक्रियाको नेतृत्व गर्ने भूमिकामा छन् ।

उनले चैत १२ गते प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । नयाँ सभामुख चयन नभएसम्म केसीले नै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य रहने व्यवस्था छ।

Leave a Comment