अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलि द्वारा फेंटा गाउँपालिकामा छापामारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा चैत्र १०। फेंटा गाउँपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले छापा मारेको छ । फेंटा गाउँपालिकामा आ ब ०८१/०८२ मा गाउँपालिका स्तरीय बिनियोजित दलितको लागि भाडाबर्तन खरिद र बितरण प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी गरेको थियो । फेंटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारिले उपभोक्ता समिती मार्फत रु ४ लाखको भाडाकुडा खरिद गरेका थिए । खरिद प्रक्रिया नमिलेको बितरण प्रक्रियामा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि टोलि मंगलबार बिहान ११ बजे फेंटा गाउँपालिकाको कार्यालय पुगेका थिए । चालू आर्थिक बर्ष०८२/०८३ मा विभिन्न शिर्षकमा भ्रष्टाचार ,अनियमितता गरेको अनुसन्धानको प्रक्रिया अगाडि बढ्दा अख्तियार दुरुपयोग आयोगले छापामारी गरिएको हो । फेंटा गाउँपालिकाको योजना शाखा ,समाजिक बिकास शाखा लगायत दर्ता चलानी शाखा संग सम्बन्धित फाईलहरु माथी अख्तियारले निगरानी बढाएको थियो । फेंटा गाउँपालिकामा समाजिक बिकास तर्फ लक्षित बर्गको कार्यक्रममा व्यापक अनियमितता भएको विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएको थियो । यसैगरी आ ब ०८१/०८२ मा औषधि र स्यानेटरी प्याड खरिदमा समेत अनियमितता गरेको महालेखाको प्रतिबेदनले समेत औलाएको थियो । पालिकाले औषधी खरिदमा दुई बर्ष सम्म म्याद हुने औषधी खरिद गर्नुपर्ने प्रावधान रहेपनी पालिकाले आवश्यकता भन्दा बढी औषधि छव महिनामा म्याद सकिने औषधि खरिद गरेको थियो । प्राप्त जानकारी अनुसार फेंटा गाउँपालिकाले आ ब ०८०/०८१ मा दलित समुदायमा बितरण गरिएको भाडाकुडा खरिदमा अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलि हेटौंडाले दलित बस्तीमा स्थलगत अनुगमन गरि खरिद गरिएको भाडाकुडाको अवस्था , पाए नपाएको भर्पाई कागजात निरीक्षण गरेका छन ।

Leave a Comment