रवि लामिछानेको मुद्दामा अर्को पेशी वैशाख १४ मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ चैत,काठमाडौ-काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा अर्को पेशी वैशाख १४ गतेका लागि तोकेको छ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लामिछाने आइतबार अदालत पुगेर तारेख बुझेका हुन्।

उनीविरुद्ध काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। यस प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन्।

०८१ पुस २१ गते दायर मुद्दामा लामिछानेले गोरखा मिडिया नेटवर्कमार्फत सहकारीको रकम गैरकानुनी रूपमा अपचलन गरेको आरोप लगाइएको छ।

सरकारी वकिलले उनीविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका छन्।

हाल उनी थुनाबाहिरै बसेर मुद्दा लडिरहेका छन्। लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनबाट चितवन–२ बाट निर्वाचित सांसद हुन्।

Leave a Comment