काठमाडौँ —कांग्रेस भित्र आन्तरिक संगठनात्मक विषयलाई लिएर आज विभिन्न तहका बैठकहरू बस्ने भएका छन्।
पार्टीको केन्द्रीय अनुशासन समिति बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। पछिल्ला आन्तरिक गतिविधि र नेतृत्व तहका निर्णयपछि समितिको छलफल अघि बढाइएको बताइएको छ।
यसैदिन दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्ने तय भएको छ। यो बैठक पहिले नै निर्धारित कार्यक्रमअनुसार सञ्चालन हुन लागेको हो।
पार्टीभित्र नेतृत्व समूहबीच देखिएका गतिविधि र संगठन व्यवस्थापनका विषयले पछिल्लो समय ध्यान खिचिरहेको छ। यस विषयमा अनुशासन समितिले आवश्यक छलफल गर्ने अपेक्षा गरिएको छ।

