काठमाडौँ — नेपाली कांग्रेस भित्रको आन्तरिक विवादमा सर्वोच्च अदालतको निर्णय आएपछि राजनीतिक माहोल थप तरंगित बनेको छ। अदालतले गगन थापा नेतृत्वको समूहलाई आधिकारिक मान्यता दिएसँगै असन्तुष्ट पक्षले आफ्नो आगामी रणनीति तय गर्न बैठक बोलाएको हो।
असन्तुष्ट समूहका नेता पूर्णबहादुर खड्का ले शनिबार दिउँसो ४ बजे आफ्नै निवासमा बैठक बोलाएका छन्। नेता प्रकाशशरण महत का अनुसार बैठकमा अदालतको फैसलापछि पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुनेछ।
शुक्रबार राति सर्वोच्च अदालत ले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै थापा नेतृत्वलाई आधिकारिकता दिएको थियो। साथै, निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले दायर गरेको रिटसमेत खारेज गरेको छ।
न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौला को इजलासले गरेको उक्त आदेशपछि कांग्रेसभित्रको शक्ति सन्तुलन स्पष्ट भए पनि असन्तुष्ट पक्ष अझै रणनीति बनाउन जुटेको देखिन्छ।
फैसलापछि नेता महतले सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्। तर, अर्का नेता बिमलेन्द्र निधि ले भने अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकार गर्न नसकिने प्रारम्भिक प्रतिक्रिया दिएका छन्।
उता थापा नेतृत्वले आगामी असोज १६ देखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। अदालतको निर्णयसँगै कांग्रेसभित्रको विवाद समाधानतर्फ जाने कि थप ध्रुवीकरण हुने भन्ने प्रश्न अहिलेको मुख्य चासो बनेको
सर्वोच्चको निर्णयपछि कांग्रेसमा नयाँ तरंग: असन्तुष्ट पक्षको रणनीति बैठक बस्दै
Leave a Comment
Leave a Comment

