काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग कुनै सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथि लगाइएको प्रतिबन्ध नहट्ने बताएका छन्। उनले आर्थिक दबाबका कारण इरान ठूलो घाटामा रहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले दैनिक ठूलो रकम गुमाइरहेको उल्लेख गर्दै यस्तो अवस्था लामो समय टिक्न नसक्ने बताएका छन्।
यता, इरानले भने अमेरिकी दबाब र धम्कीका बीच कुनै पनि वार्ता स्वीकार नगर्ने स्पष्ट पारेको छ। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफ ले धम्कीको वातावरणमा वार्ता सम्भव नभएको बताएका छन्। उनले आवश्यक परे नयाँ रणनीति अपनाउने तयारीसमेत भइरहेको संकेत दिएका छन्।
दुवै देशबीच दोस्रो चरणको सम्भावित वार्ता इस्लामाबाद मा हुने चर्चा भए पनि अझै अनिश्चितता कायम छ। अमेरिकाले प्रतिनिधिमण्डल पठाउने तयारी गरे पनि इरानले सहभागिताबारे अन्तिम निर्णय लिइसकेको छैन।
यसरी, एकातिर अमेरिका प्रतिबन्धमा अडिग देखिएको छ भने अर्कोतर्फ इरानले पनि आफ्नो अडान नछाड्ने संकेत
ट्रम्प अडानमा, इरान भन्छ– धम्कीबीच वार्ता स्वीकार्य छैन
Leave a Comment
Leave a Comment

