अबुधाबी ग्यास प्लान्टमा मिसाइल–ड्रोनका अवशेष खस्दा १ जनाको मृत्यु, ४ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २१ चैत — संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित एक ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार हब्शन ग्यास प्लान्टमा आगलागीसमेत भएको थियो। घटनामा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका छन् भने एक इजिप्टेली नागरिकको ज्यान गएको पुष्टि भएको छ।

रिपोर्टअनुसार हवाई सुरक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा नष्ट गरिएका मिसाइल र ड्रोनका भग्नावशेष उक्त क्षेत्रमा खसेका थिए। सोही क्रममा स्थल खाली गराउने प्रयास भइरहेको बेला दुर्घटना भएको बताइएको छ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल अस्पताल लगिएको जनाइएको छ।

यसअघि पनि अबुधाबीमै यस्तै घटनामा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा एक नेपालीको अवस्था गम्भीर रहेको जानकारी सार्वजनिक भएको थियो।

Leave a Comment