सिरहामा चट्याङको कहर: श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सिरहा, वैशाख १४ — सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुरमा चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
गएराति परेको चट्याङले करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका हुन्।
घाइते मिथिलेशलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था उपचाराधीन रहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रशासनले वर्षायामसँगै चट्याङका घटना बढ्न सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Comment