काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा सरकारको तर्फबाट जवाफ दिने तय भएको हो ।
यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले नै जवाफ दिने उल्लेख गरिएको थियो । तर अन्तिम समयमा कार्यसूची परिवर्तन भएपछि अर्थमन्त्री वाग्ले अगाडि सारिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आज बस्ने प्रतिनिधिसभा बैठकमा सो कार्यक्रममाथिको छलफल टुंग्याउने, सांसदहरूले दिएका संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने र कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले नीति तथा कार्यक्रमबारे धारणा राखेका थिए ।
प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि संसदमा नबोल्ने
Leave a Comment
Leave a Comment







