काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापा को इजलासले पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै जमानीमा छाड्न आदेश दिएको हो।
अदालतले अनुसन्धानमा सहयोग गर्नुपर्ने शर्तसहित उनलाई रिहा गर्न भनेको छ। साथै विदेश जानुपरे अदालतबाट पूर्वअनुमति लिनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
बैंकिङ कारोबारसँग सम्बन्धित मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेकी पाण्डेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। त्यसै निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो।
बैंकिङ ठगी मुद्दामा पक्राउ परेकी सिइओ ज्योति पाण्डे जमानीमा रिहा
Leave a Comment
Leave a Comment







