सर्वोच्चमा डा. मनोजकुमार शर्माको औपचारिक प्रवेश, ३३औँ प्रधानन्यायाधीशको पदभार ग्रहण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त भएका डा. मनोजकुमार शर्माले मंगलबार सर्वोच्च अदालत पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन्।
संवैधानिक परिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशमध्ये चौथो वरीयतामा रहेका शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रधानन्यायाधीश नियुक्त भएका थिए। समितिबाट नाम अनुमोदन भएको केही घण्टामै उनले राष्ट्रपतिसमक्ष शपथ लिएर कार्यभार सम्हालेका हुन्।
प्रधानन्यायाधीश शर्माको नियुक्तिसँगै सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ। न्याय प्रशासन सुधार, मुद्दा फर्छ्योटको गति र अदालतप्रतिको जनविश्वास पुनःस्थापनालाई उनको कार्यकालको मुख्य चुनौतीका रूपमा हेरिएको छ।

Leave a Comment