बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। आइतबार बिहान बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिकै पवनदूत यातायातको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार सुपप्र ०२–००१ ख १३५५ नम्बरको बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइते भएका २४ जनामध्ये २३ जनालाई जिल्ला अस्पताल बाजुरामा उपचारका लागि लगिएको छ भने एक जनालाई थप उपचारका लागि अछामको बयलपाटा अस्पताल पठाइएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिए।
प्रारम्भिक विवरणअनुसार बसको ब्रेक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
ब्रेक फेल हुँदा बाजुरामा यात्रुबाहक बस दुर्घटना, २४ यात्रु घाइते
Leave a Comment
Leave a Comment






