९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी प्रक्रियालाई कडाइ गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको प्रस्तावक र समर्थक बनेका व्यक्तिहरू स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार सभापति पदका उम्मेदवारले १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य जुटाउनुपर्नेछ भने अन्य केन्द्रीय सदस्यका उम्मेदवारका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ ।
आयोगका अनुसार प्रस्तावकको विवरणमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य गरिएको छ । एउटै व्यक्ति एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न पाउने छैनन् । तर समर्थक भने एकभन्दा बढी उम्मेदवारको बन्न सक्ने व्यवस्था गरिएको छ ।
महाधिवेशन प्रतिनिधि नै प्रस्तावक वा समर्थक हुनुपर्ने र निर्वाचन आयोगको नियमविपरीत दर्ता भएका उम्मेदवारी फारम स्वतः खारेज हुने जनाइएको छ ।
रास्वपाले सभापति पदका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ ।
यसैबीच प्रतिनिधि सम्बन्धी विवादका कारण महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । निर्धारित समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशन लम्बिएको छ ।
रास्वपा महाधिवेशनमा नयाँ निर्वाचन नियम : प्रस्तावक र समर्थक बनेका व्यक्ति उम्मेदवार बन्न नपाउने
Leave a Comment
Leave a Comment






