रास्वपा महाधिवेशन विवाद अदालतमा पुग्दै, पूजा बाँस्तोला सर्वोच्च जाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको विवाद अदालतसम्म पुगेको छ। केन्द्रीय सदस्यको चुनावमा बढी मत ल्याएर पनि निर्वाचित नभएकी पूजा बाँस्तोला सर्वोच्च अदालत जाने भएकी छन्।
बाँस्तोलाले आफू अन्यायमा परेको दाबी गर्दै कानुनी उपचारका लागि सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको बताएकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित भएको तर आफूलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको उल्लेख गरेकी छन्।
उनका अनुसार उनले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराइसकेकी थिइन्। तर उजुरीमाथि चित्तबुझ्दो जवाफ नआएको र विषयलाई दबाउने प्रयास भएको महसुस भएपछि सर्वोच्च अदालत जाने निर्णयमा पुगेको बताएकी छन्।
बाँस्तोलाले यो संघर्ष आफ्नो व्यक्तिगत हितका लागि नभई आफूलाई विश्वास गरेर मतदान गर्ने ९१३ जना प्रतिनिधिको मतको सम्मान, सही प्रक्रिया र संस्थागत न्यायका लागि भएको दाबी गरेकी छन्।

Leave a Comment