कराँचीमा पाकिस्तान रेन्जर्स क्याम्पमा आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कराँची । पाकिस्तानको कराँचीस्थित पाकिस्तान रेन्जर्स सिन्धको क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।
शनिबार राति गुलिस्तान–ए–जोहर क्षेत्रमा रहेको रेन्जर्स कार्यालय नजिकै विस्फोट र गोलीबारी भएको थियो। आक्रमणपछि पाकिस्तानी सेनाले गरेको जवाफी कारबाहीमा तीन आक्रमणकारी मारिएको जनाएको छ।
सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार कारबाहीका क्रममा एक आक्रमणकारी घाइते अवस्थामा पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति अफगानी नागरिक रहेको सेनाले जनाएको छ।
घटनाको जिम्मेवारी अतिवादी संगठन जमात–उल–अहरारसँग सम्बन्धित समूहले लिएको बताइएको छ। सुरक्षाकर्मीमाथि भएको यो आक्रमणबारे थप अनुसन्धान भइरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

Leave a Comment