काठमाडौं, साउन ४ — सरकारले देशभर लागू गरिएको दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदाको व्यवस्थालाई पुनरावलोकन गर्ने निर्णय गरेको छ। यसका लागि गृह मन्त्रालयको नेतृत्वमा एक कार्यदल गठन गरिएको छ।
सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार साप्ताहिक बिदा लागू भइसकेको अवस्थामा सार्वजनिक बिदाको संख्या, आवश्यकता र व्यवस्थापनबारे समग्र अध्ययन गर्नुपर्ने निष्कर्ष निकाल्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।
कार्यदललाई सार्वजनिक बिदासम्बन्धी विद्यमान व्यवस्थाको अध्ययन, आवश्यक सुधारका विकल्पहरूको विश्लेषण तथा भावी नीति सम्बन्धी सुझावसहित १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले कार्यदलको सिफारिसका आधारमा सार्वजनिक बिदाको संख्या, स्वरूप वा व्यवस्थापनमा आवश्यक परिमार्जन गर्ने सम्भावना रहेको बताइएको छ।
दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनः समीक्षा हुँदै, १५ दिनभित्र प्रतिवेदन आउने
Leave a Comment
Leave a Comment

