काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी दैलेख, भक्तपुर, रौतहट र महोत्तरीमा एक–एक जनाको ज्यान गएको हो।
यस्तै, सवारी दुर्घटनामा परी काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन्।
प्रहरीको विवरणअनुसार विभिन्न प्रदेशमा दुर्घटनाबाट घाइते हुनेको संख्या यसप्रकार छ :
कर्णाली प्रदेश: ४ जना
गण्डकी प्रदेश: २ जना
बागमती प्रदेश: १८ जना
कोशी प्रदेश: २० जना
मधेस प्रदेश: २० जना
लुम्बिनी प्रदेश: २४ जना
सुदूरपश्चिम प्रदेश: ९ जना
प्रहरीले पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनाको विवरण सार्वजनिक गर्दै चार जनाको मृत्यु र ११६ जना घाइते भएको जनाएको हो।
देशभर सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ११६ घाइते
Leave a Comment
Leave a Comment

