मलेसियाविरुद्ध नेपाललाई १०४ रनको लक्ष्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । एसीसी प्रिमियर कपमा आयोजक मलेसियाविरुद्ध नेपालले जितका लागि १०४ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ३२.३ ओभरमा १०३ रनमै समेटिएको हो।

मलेसियाका कप्तान साइद अजिजले ३० रन बनाए भने अकिल वाहीदले २४ रनको योगदान दिए। विरानदीप सिंहले १४ तथा मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ७.३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पार्दा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
अब नेपालले १०४ रनको लक्ष्य पछ्याउँदै मलेसियाविरुद्ध लगातार दोस्रो जित निकाल्ने प्रयास गर्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो।

Leave a Comment