फिलिपिन्समा प्राकृतिक विपत्तिको मार, ४३ जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २२ । फिलिपिन्समा अगस्टको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ठूलो जनधनको क्षति भएको छ। प्राकृतिक विपत्तिमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। पाँच जना अझै बेपत्ता छन्।

फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयका अनुसार विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो असर परेको छ। प्रारम्भिक अनुमानमा ११ अर्ब ९२ करोड पेसो बराबरको आर्थिक क्षति भएको छ।

मनसुन र चक्रवातबाट देशभरका ६ हजार ९०० गाउँ प्रभावित भएका छन्। करिब २९ लाख परिवारका एक करोड दुई लाखभन्दा बढी मानिस विपत्तिको चपेटामा परेका छन्।
त्यस्तै, ४ हजार ५०० घरमा क्षति पुगेको छ। तीमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति भएको छ भने ५८५ घर पूर्ण रूपमा नष्ट भएका छन्।

लगातारको वर्षा र चक्रवातले जनजीवन अस्तव्यस्त बनाउनुका साथै कृषि उत्पादन र सडक सञ्जालमा समेत ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्। बेपत्ता पाँच जनाको खोजी कार्य जारी रहेको छ।

Leave a Comment