काठमाडौं, भदौ २३ — ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेकी हुन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। केन्द्रले उपलब्ध गराएको सहयोग रकम बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रयोग हुने विश्वास व्यक्त गरेको छ।
यसैबीच, ब्रह्माकुमारीज् नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रमसमेत आयोजना गरेको थियो।
भदौ २० गते शनिबार आयोजित उक्त कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

