प्रादेशिक अस्पताल कलैयाको एक्सरे मेसिन ठप्प भएकोले सेवाग्राही पिडित बनेका छन । एक्सरे मेसिन बिग्रिदा दैनिक दर्जनौ सेवाग्राही पिडित बनेका हुन ।
अस्पताल स्रोतको अनुसार मेसिन बिगार्नेमा अस्पताल भित्रकै संगलगनता रहेको बताउछन । मेसिन बिग्रे पछि निजी क्लिनिकबाट कमिसन आउने गरेको छ ।
यता मेसिन बिग्रिदा अस्पताल प्रशासन पनि निरिह देखिएको छ । एक्सरे मेसिन देखि एल एफ टि लगायतका टेष्टका केमिकल देखि मेसिन बिग्रिदा पनि अस्पताल प्रशासन मौन बस्नुले कमिसनको चलखेलको आरोप लागेको छ ।
दैनिक दिर्घ रोगी लगायत हजारौ बिरामीहरू प्रादेशिक अस्पताल कलैयामा सेवा लिन आउने गरेको अस्पताल तथ्याङ्कले देखाउँछ । तर सेवाको नाममा अस्पताल भर्तीको केन्द्रमा सिमित हुन पुगेको छ ।
न त अस्पतालले गुणस्तरीय सेवा नै दिन सकेको छ न सेवाग्राहीलाई औषधी उपलब्ध गराउन सकेको छ । अस्पतालमा बिना सुचना प्रतिस्पर्धा बिना नै आफ्नो आसेपासेलाई नियुक्त गर्दा अस्पतालको सेवा गुणस्तरहिन भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास बताउछन ।
औषधीमा पनि टेण्डर बिना नै आफु अनुकूल कमिसनको लोभमा औषधी खरिद गर्ने गरेको पाइएको छ । औषधीको एक्सपायर मिति कम भएको औषधी प्राय खरिद गर्ने गरिएको छ । जसमा अस्पताल रेकर्डमा औषधी खरिद गरेको देखाइन्छ, ‘ चाडै एक्सपायर हुने भएकोले औषधी पुन खरिद गर्दा कमिसन आउने गरेको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा राहुल मण्डलले फोन नउठाउदा प्रतिक्रिया लिन सकिएन ।

