२१ सदस्यीय जातीय सेवा महासमाज बारा जिल्ला तदर्थ समिति गठन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, भदौ २७ । जिल्लाका विभिन्न जातीय संघ, संस्था तथा समाजका प्रतिनिधिहरूको संयुक्त बैठकले २१ सदस्यीय जातीय सेवा महासमाज बारा जिल्ला तदर्थ समिति गठन गरेको छ।

स्थानीय समुदायमा देखापर्ने विभिन्न समस्या पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा जातीय संघसंस्थाबीच सहकार्य र एकता कायम गर्ने उद्देश्यले महासमाज गठन गरिएको जनाइएको छ।

गठित तदर्थ समितिको अध्यक्षमा ब्राह्मण समाज नेपालको तर्फबाट अनिल कुमार पाण्डे चयन भएका छन्। त्यसैगरी गोपाल सेवा समितिको तर्फबाट धुरुप राउत अहिर सहअध्यक्ष, कलवार समाजका बैधनाथ साह र कुशवाहा कल्याण समाजका चन्द्रदेव प्रसाद कुशवाहा उपाध्यक्ष चयन भएका छन्।

महासचिवमा सोनार समाजका राजकुमार साह, सचिवमा दलित संघर्ष समितिका शिवदयाल पासवान, कोषाध्यक्षमा बरै चौरसिया समाजका सञ्जय चौरसिया र सहसचिवमा कुर्मी सशक्तीकरण मञ्चका रमेश प्रसाद कुर्मी चयन भएका छन्।

समिति सदस्यहरूमा प्रमोद मण्डल, राजिन्द्र ठाकुर, उमेशचन्द्र गुप्ता, सहदेव पण्डित, विजय कुमार दास, विजय माली, भगवानलाल प्रसाद, कृष्ण कुमार चौधरी, राजेश सिंह ठाकुर र शिवजी सोनार रहेका छन्।

त्यस्तै, जगबहादुर यादवको संयोजनमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिका सदस्यहरूमा अरुण कुमार दुबे, परमहंस केशरी, योगेन्द्र धानुक, ओमप्रकाश केशरी, भिखारी साह र लालबाबु पण्डित रहेका छन्।

जिल्लाका विभिन्न जातीय संघसंस्था तथा समाजलाई एउटै साझा अभियानमा जोड्दै स्थानीय समुदायका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने महासमाजको उद्देश्य रहेको बताइएको छ।

 

Leave a Comment