जनमत पार्टीको अध्यक्षमा सीके राउत पुनः निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १८ असोज २०८३-जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निरन्तरता पाएका हुन्।
अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेको थियो। तर पार्टीको विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले राउतका लागि पनि मतदान गरिएको थियो।
महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्।
उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अध्यक्षमा पुनः निर्वाचित भएसँगै राउतले जनमत पार्टीको नेतृत्वलाई निरन्तरता दिने भएका छन्।

Leave a Comment