नगरपालिकाका उम्मेदवार छान्न रास्वपाले खुलायो आवेदन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन प्रक्रिया खुला गरेको छ।
पार्टीले नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न चाहनेहरूलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको हो। इच्छुक व्यक्तिले पार्टीको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार पार्टीबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै उम्मेदवार छनोटको प्रक्रिया अघि बढ्नेछ।
यसअघि पार्टीले भदौ १ गतेदेखि गाउँपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको थियो। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले गाउँपालिका र नगरपालिकाका उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो।

Leave a Comment