बारामा जुवा खेलाउने गढीमाई मन्दिर बिकास समितीका पुर्व सचिव सहित १३ जना पक्राउ

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

८ भाद्र,कलैया : बारामा जुवातास खेल्ने १३ जनालाई प्रहरीले गरेको छ ।

प्रहरीले महागढीमाई नगरपालिका-१ स्थित मोतीलाल कुश्वाहाको घरमा छापामारी गरेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।

गढीमाई मन्दिर संचालन तथा बिकास समितिको पुर्व सचिव समेत रहेका कुश्वाहाको घरमा जुवा संचालन भईरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छापामारी गरेर कुश्वाहा सहित १३ जनालाई पक्राउ गरेको प्र!नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरुको साथबाट एक लाख ७१ हजार दुई सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी आवश्यक कानुनी कार्बाही अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

कुश्वाहाको घरमा लामो समयदेखी जुवा संचालन हुँदै आएको स्थानीयले बताएका छन ।

Leave a Comment