लायन्स क्लब अफ कलैया सिटी गठन

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

८ भाद्र,बारा: बारामा लायन्स क्लब अफ कलैया सिटी गठन गरिएको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साहद्वारा लायन्स क्लब अफ कलैया सिटीको ब्याच वितरण गरिएको थियो ।

लायन नवल किशोर साहको अध्यक्षतामा लायन्स क्लब अफ कलैया सिटी गठन गरिएको हो ।

उपाध्यक्षमा लायन रितेश गुप्ता, लायन पप्पु कुमार जैयसवाल, लायन रितेश कुमार साह, सचिवमा श्रवण कुमार, कोषाध्यक्षमा संजिव कुमार यादव, सदस्यहरुमा संजय कुमार जैयसवाल, शौरव कुमार गुप्ता, अरविन्द कुमार साह, राज रौनियार, रमेश सर्राफ, उपेन्द्र कुमार कुर्मी, सुनिल यादव, संदिप यादव, प्रितम मिश्रा, सरोज जैयसवाल,विष्णु साह, चन्दन ठाकुर, संतोष ठाकुर, रुपेश ठाकुर, दिनेश साह रहेका छन् ।

समाजिक उतरदायित्व निभाउन संस्था प्रतिवद्ध रहेको अध्यक्ष साहले जानकारी गराएका छन् ।

कार्यक्रमको संचालन लायन संजिव कुमार यादवले गरेका थिए ।

Leave a Comment